चितवनका थप ५७ जनामा कोरोना पुष्टि « Khabarhub

चितवनका थप ५७ जनामा कोरोना पुष्टि


१९ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी)को पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

सीएमसीले शुक्रबार बिहान दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुनेमा चितवनका ५७ जना छन् भने अन्य १७ जिल्लाका ३१ जना छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १, २, ५, ७, ८, १० ,११, १२, १५, १९ र २१ का गरी १४ जना पुरुष र २८ जना महिला गरी ४२ जनामा संक्रमण पुष्‍टि भएको छ ।

पूर्वी चितवनको रत्‍ननगर नगरपालिका वडा नं ३ र ७ का तीनजना महिलामा संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी कालिका नगरपालिका-८ का एक महिला र एक पुरुष, खैरहनी-३ की एकजना महिला तथा राप्ती नगरपालिका-५ का ४ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ ।

यस्तै तनहुँका ५ महिला र ३ पुरुष, गोरखाका दुईजना पुरुष, रौतहट, स्याङ्जा र मकवानपुरका एक-एकजना महिलामा पनि संक्रमण देखिएको छ । त्यसैगरी धनुषाका दुई महिला र दुई पुरुष, बाराका एक पुरुष, मोरङ र झापाका एक-एकजना महिलामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी रुपन्देहीका दुई पुरुष, दाङका दुई महिला, कैलालीका दुई महिला र एक पुरुष तथा नुवाकोट, बर्दिया, बाँके, रुकुम र दार्चुलाका एक-एकजना पुरुषमा पनि कोरोना देखिएको छ ।

प्रयोगशालामा बिहीबार साँझसम्म परीक्षण गरिएका ७०३ नमूनाहरुको रिपोर्ट सार्वजनिक गरिएको हो जसमध्ये ६१५ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ९ : २१ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव