नेपाल प्रहरीसहित गण्डकी प्रदेशमा ४० संक्रमित थपिए « Khabarhub

नेपाल प्रहरीसहित गण्डकी प्रदेशमा ४० संक्रमित थपिए


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान दिएको जानकारीअनुसार गण्डकी प्रदेशमा थप ४० जनामा संक्रमण पुष्टी भएको हो । बढी संक्रमित हुनेमा कास्कीको पोखरा महानगरपालिका र नवलपरासीपूर्वका छन् ।

पोखरामा ७ प्रहरीमा कोरोना

पोखरा लेखनाथ नगरपालिकाका थप १६ जनामा संक्रमण देखिएको छ । ती मध्ये ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । पोखरा १५ मा कार्यरत नेपाल प्रहरीका ७ जना प्रहरीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयकाअनुसार पोखराका विभिन्न वडाका संक्रमित ७ पुरुष कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् भने दुई महिला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे’ क्लिनिकमा कोरोना परीक्षण गर्न आएका हुन् ।

पूर्वी नवलपरासीमा १७ संक्रमित

पूर्वी नवलपरासीमा शुक्रबार १७ जना कोराना संक्रमित थपिएका छन् । ती मध्ये १६ जना गैंडाकोट नगरपालिकाका छन् । संक्रमण पुष्टी हुनेमा ५ महिला छन् भने १२ जना पुरुष छन् । एक जना संक्रमित भने देवचुली नगरपालिका ७ का ३५ वर्षीय पुरुष छन् ।

यसैगरी लम्जुङका ३ जना, तनहुँका २ जना तथा स्याङजा, बाग्लुङका एक एक जनामा पनि शुक्रबार कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ । ती मध्ये १ हजार ७ सय ६६ जनाले कोरोना जितेका छन् । गण्डकी प्रदेशमा ५ सय ६८ जना संक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा अहिलेसम्म १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ०८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका