प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन « Khabarhub

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे ।

आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ ।

हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् ।

प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रममा आफू अहिले आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् । प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो ? भनेर प्रश्न गर्दै आइरहेका थिए ।

‘म आमा बन्न लागेकी छैन, त्यस्तो भयो भने तपाईंहरुलाई भनिहाल्छु,’ प्रियंकाले भिडियोमार्फत भनिन् ।

साथै प्रियंकाले आयुष्मानसँग कसरी प्रेम बस्यो भन्ने प्रश्नको पनि जवाफ फर्काएकी छिन् । उनले प्रेम यत्तिकै भएको बताएकी छिन् ।

‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु उसले (आयुष्मान) ले मलाई स्न्यापच्याटमा जिस्काउँथ्यो, तर हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।’

पछिल्लो समय आयुष्मान र प्रियंकालाई फिल्म ‘लभ दिवस’ मा देखिएको थियो । उक्त फिल्म व्यावसायिक हिसाबले भने असफल रह्यो । दर्शकले प्रियंका र आयुष्मानलाई रिल लाइफमा भन्दा बढी रियल लाइफमा मन पराएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : ०२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज