१० महिनादेखि बन्धक ३ नेपाली चेलीको भारतबाट उद्धार « Khabarhub

१० महिनादेखि बन्धक ३ नेपाली चेलीको भारतबाट उद्धार


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस महामारीबीच १० महिनादेखि बन्धक ३ नेपाली चेलीको भारतबाट उद्धार गरिएको छ ।

आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित ३ नेपाली चेलीलाई उद्धार गरिएको हो ।

नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो ।

चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिए ।

जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन् ।

उद्धार गरिएकामध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । तर उनकी बहिनी अहिले बेपत्ता छन् ।

अर्की एक युवतीलाई पनि जागिर लगाईदिने प्रलोभन देखाएर बोलाएको तर एक महिनापछि भारतको विहारका ३ जना व्यक्तिलाई १ लाख रुपैयाँमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी युवतीले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताए ।

४ वर्षीया बालिका भने २२ वर्षीया महिलाकी छोरी हुन् । विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तहरुले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य सुरु भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १२ : ५७ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका