अछाममा युवकको हत्या आरोपमा ६ जना पक्राउ « Khabarhub

अछाममा युवकको हत्या आरोपमा ६ जना पक्राउ


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – प्रहरीले अछाममा २४ वर्षीय युवकको कुटपीटपछि मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीका अनुसार पक्राउ पर्नेमा कमलबजार नगरपालिका ६ हात्तीबाजका १९ वर्षका खेमराज शाही, २० वर्षका भूपेन्द्र शाही, २० वर्षका विनोद बहादुर शाही, २१ वर्षका अक्कल शाही, १९ वर्षका विनोद शाही र २५ वर्षका रमेश शाही रहेका छन् ।

प्रहरीका अनुसार, भदौ १६ गते मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका २४ वर्षका सन्तोष भण्डारीलाई सोही वडा खानडाडाका भन्ने स्थानमा भुपेन्द्र शाही लगायत ७/८ जनाको समूहले कुटपिट गरेका थिए ।

घाइते भण्डारीको अछाम जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : २७ बजे

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आद प्रदेशसभाबाट विश्वासको मत

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब