अर्थमन्त्री खतिवडा राजीनामा दिँदै « Khabarhub

अर्थमन्त्री खतिवडा राजीनामा दिँदै


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकमा उनले राजीनामा बारे जानकारी गराएका हुन् ।

गैरसांसदका रूपमा मन्त्री नियुक्त भएका डा. खतिवडा संघीय सांसद नहुने पक्का भएपछि उनले शुक्रबार नै राजीनामा दिने भएका छन् । उनको कार्यकाल भोलि सकिँदै छ ।

बैठकमा उनले आफ्नो कार्यकालका आर्थिक उपलव्धिबारे पनि संक्षिप्त जानकारी गराएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनीत गर्ने रिक्त एक स्थानमा पार्टी उपाध्यक्ष वामदेव गौतम र मन्त्री खतिवडामध्ये कसलाई पठाउने भन्ने रस्साकस्सीमा गौतमको पल्ला भारी भएपछि डा. खतिवडा बाहिरिएका हुन् । बिहीबार भएको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई मनोनीत गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गरेको छ ।

राष्ट्रियसभामा नेपाल सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । मनोनीत सदस्यका रूपमा डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि गत फागुनदेखि एक स्थान रिक्त थियो ।

राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्ष हुन्छ । पहिलोपटक एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष हुने गरी गोला प्रथाबाट सदस्यहरुको कार्यकाल निर्धारण गर्ने संवैधानिक प्रावधानअनुसार डा. खतिवडा २ वर्षको कार्यकालमा परेका थिए ।

अर्थमन्त्री रहेका डा. खतिवडा २ वर्षपछि गैरसांसदका रूपमा अर्थमन्त्री नियुक्त भएका थिए ।

नेकपाको एउटा खेमा अर्थमन्त्रीका रूपमा डा. खतिवडासँग असन्तुष्ट थियो । उनले लिएको आर्थिक नीतिले नेकपाको घोषणाको भावना बेवास्ता गरेको विरोधी खेमाको आरोप थियो ।

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  २ : ४६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ