अर्थमन्त्री खतिवडा राजीनामा दिँदै « Khabarhub

अर्थमन्त्री खतिवडा राजीनामा दिँदै


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकमा उनले राजीनामा बारे जानकारी गराएका हुन् ।

गैरसांसदका रूपमा मन्त्री नियुक्त भएका डा. खतिवडा संघीय सांसद नहुने पक्का भएपछि उनले शुक्रबार नै राजीनामा दिने भएका छन् । उनको कार्यकाल भोलि सकिँदै छ ।

बैठकमा उनले आफ्नो कार्यकालका आर्थिक उपलव्धिबारे पनि संक्षिप्त जानकारी गराएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनीत गर्ने रिक्त एक स्थानमा पार्टी उपाध्यक्ष वामदेव गौतम र मन्त्री खतिवडामध्ये कसलाई पठाउने भन्ने रस्साकस्सीमा गौतमको पल्ला भारी भएपछि डा. खतिवडा बाहिरिएका हुन् । बिहीबार भएको नेकपा सचिवालय बैठकले गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई मनोनीत गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गरेको छ ।

राष्ट्रियसभामा नेपाल सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ । मनोनीत सदस्यका रूपमा डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि गत फागुनदेखि एक स्थान रिक्त थियो ।

राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्ष हुन्छ । पहिलोपटक एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकी एक तिहाइको ६ वर्ष हुने गरी गोला प्रथाबाट सदस्यहरुको कार्यकाल निर्धारण गर्ने संवैधानिक प्रावधानअनुसार डा. खतिवडा २ वर्षको कार्यकालमा परेका थिए ।

अर्थमन्त्री रहेका डा. खतिवडा २ वर्षपछि गैरसांसदका रूपमा अर्थमन्त्री नियुक्त भएका थिए ।

नेकपाको एउटा खेमा अर्थमन्त्रीका रूपमा डा. खतिवडासँग असन्तुष्ट थियो । उनले लिएको आर्थिक नीतिले नेकपाको घोषणाको भावना बेवास्ता गरेको विरोधी खेमाको आरोप थियो ।

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  २ : ४६ बजे

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

काठमाडौं- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

ढोरपाटन– काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८

‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

काठमाडौं– काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका