जब अस्पतालको इमर्जेन्सी कक्षमै ‘ग्याङ फाइट’ भयो… [भिडियो] « Khabarhub

जब अस्पतालको इमर्जेन्सी कक्षमै ‘ग्याङ फाइट’ भयो… [भिडियो]


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा ग्याङफाइट भएको छ । उक्त ग्याङफाइटको भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा अस्पताल परिसरभित्रै दुई पक्षबीच झडप भएको थियो । अज्ञात समूहहरुले घाइतेहरुमाथि चिकित्सकमाथि कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । उक्त समूहले आकस्मिक कक्ष पनि तोडफोड गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

फुटेजमा केही युवाले अरुलाई अमानवीय तबरले जे भेट्यायो, त्यही प्रहार गरेर कुटेको देख्न सकिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले दुई समूहबीच पहिले रानीवनमा भलिबल खेल्ने क्रममा झडप भएको र पछि घाइतेलाई अस्पतालमा ल्याइएपछि अस्पतालमै कुटपिट गर्न अज्ञात समूह अस्पताल आएको थियो ।

प्रहरीले घटनामा संग्लग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्र बहादुर धानुक र सुदीप देवकोटा रहेका छन् । प्रहरीले बाँकीको खोजी भइरहेको जनाएको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : ४२ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र