वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिइने « Khabarhub

वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिइने


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा मन्त्रालयले वैकल्पिक विधिबाट हुने पठनपाठनलाई औपचारिक मान्यता दिएको छ । योसँगै निजी विद्यालयलाई शुल्क उठाउने बाटो खुलेको छ ।

मन्त्रालयले शैक्षिक सत्रमा गणना हुने गरी औपचारिक मान्यता दिने निर्णय गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको संक्रमण लामो समय रहने भएकाले रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य माध्यमबाट हुने सिकाइलाई औपचारिक मान्यता दिइने बताए ।

शुक्रवार भर्चुअल पत्रकार सम्मेलनका क्रममा पोखरेलले विद्यालय सञ्चालनमा अवरुद्ध हुँदा विद्यार्थीको सिकाइ अवरुद्ध हुने भन्दै उनले वैकल्पिक सिकाइ बढाउन अझ भूमिका खेल्ने  पनि बताए ।

शिक्षामन्त्री पोखरेलका अनुसार मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ पनि संशोधन गरेको छ । उनले भने, ‘वैकल्पिक विधिबाट हुने पढाइलाई मूल बनाउन नयाँ ढंगले निर्देशिका परिमार्जन गरेका छौं ।’

अब निजी विद्यालयले पनि विद्यार्थीबाट शुल्क लिएर अनलाइन पढाउन पाउने भएका छन् । यसका लागि भने स्थानीय तहबाट अनुमति लिएर शुल्क लिन पाउने व्यवस्था गरिएको शिक्षामन्त्री पोखरेलले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : २८ बजे

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६