पुल्चोक झडप व्यवस्थापनमा खटिएका १८ जना प्रहरीलाई कोरोना « Khabarhub

पुल्चोक झडप व्यवस्थापनमा खटिएका १८ जना प्रहरीलाई कोरोना


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार झडप व्यवस्थापनमा खटिएका १८ जनामा कोरोना पुष्टि भएको हो ।

झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी हो ।

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ४५४ जना संक्रमित थपिएका हुन् ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ५१ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि