पुल्चोक झडप व्यवस्थापनमा खटिएका १८ जना प्रहरीलाई कोरोना « Khabarhub

पुल्चोक झडप व्यवस्थापनमा खटिएका १८ जना प्रहरीलाई कोरोना


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार झडप व्यवस्थापनमा खटिएका १८ जनामा कोरोना पुष्टि भएको हो ।

झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी हो ।

सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ । तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी जम्मा ४५४ जना संक्रमित थपिएका हुन् ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ५१ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो