कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया « Khabarhub

कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ ।

कपिलबस्तु नगरपालिका-२ कि ३० वर्षीया महिलालाई सुत्केरी गराउन शल्यक्रियाबाट गरिएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले संक्रमित गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराएको बताए । डा. गौतमकै नेतृत्वमा शल्यक्रिया भएको थियो ।

आमाको र शिशु दुवैको अवस्था सामान्य रहेको पनि डा. गौतमले बताए । उनका अनुसार आमा र शिशुको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्र्चाज हुनेछन् । शल्यक्रियामा चिकित्सका साथ अस्पतालका नर्सिड इन्र्चाज ज्योति पौडेलसहित शृष्टि कोइराला, माधुरी ज्ञवाली संलग्न थिए ।

यसअघि अर्घाखाँचीको मालारानीकी २२ वर्षीया र सिद्धार्थनगरकी २२ वर्षीया महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइएको थियो । उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित तीन जना गर्भवतीको शल्यक्रिया गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ७ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना