कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया « Khabarhub

कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया


१९ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलबस्तुकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया भएको छ ।

कपिलबस्तु नगरपालिका-२ कि ३० वर्षीया महिलालाई सुत्केरी गराउन शल्यक्रियाबाट गरिएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले संक्रमित गर्भवतीलाई शल्यक्रियाबाट सुत्केरी गराएको बताए । डा. गौतमकै नेतृत्वमा शल्यक्रिया भएको थियो ।

आमाको र शिशु दुवैको अवस्था सामान्य रहेको पनि डा. गौतमले बताए । उनका अनुसार आमा र शिशुको पिसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्र्चाज हुनेछन् । शल्यक्रियामा चिकित्सका साथ अस्पतालका नर्सिड इन्र्चाज ज्योति पौडेलसहित शृष्टि कोइराला, माधुरी ज्ञवाली संलग्न थिए ।

यसअघि अर्घाखाँचीको मालारानीकी २२ वर्षीया र सिद्धार्थनगरकी २२ वर्षीया महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइएको थियो । उनीहरूको पनि स्वास्थ्य अवस्था सामान्य छ । हालसम्म लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित तीन जना गर्भवतीको शल्यक्रिया गरिएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ७ : ३८ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव