अर्थ र सञ्चार दुवै मन्त्रालय अब प्रधानमन्त्री ओलीको मातहतमा « Khabarhub

अर्थ र सञ्चार दुवै मन्त्रालय अब प्रधानमन्त्री ओलीको मातहतमा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- अर्थ र सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सम्हाल्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेकी हुन्।

खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम शुक्रबार आफ्नो पदबाट राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले शुक्रवार साँझ एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिएको हो ।

‘आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : ११ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य