नेपाल-भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ : भारतीय विदेश मन्त्री श्रृंगला « Khabarhub

नेपाल-भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ : भारतीय विदेश मन्त्री श्रृंगला


१९ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपाल-भारत सम्बन्ध संस्थागत रुपमै विशिष्ट रहेको जनाएका छन् ।

शुक्रबार भारतको विश्व सम्बन्ध परिषदद्वारा आयोजित सेमिनारलाई सम्बोधन गर्दै उनले बेलाबेलामा राजनीतिक रुपमा उतार चढाव आएपनि नेपालसँगको सम्बन्ध विशिष्ट रहेको र निरन्तर अघि बढ्ने बताएका हुन् ।

‘नेपाल र भारतको सम्बन्ध जनस्तरको हो । कोभिड– १९ को महामारीबीच व्यापार, आपूर्ति निरन्तर भइरहेको छ । हाम्रो परिवर्तन नहुने सम्बन्ध हो । वेलावेलामा राजनीतिक उतारचढाब भए पनि सम्बन्ध निरन्तर अघि बढ्छ,’ विदेशसचिव श्रृंगलाले भने ।

उनले नेपाल–भारत सीमावार्ताका बारेमा भने केही बोलेनन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो कार्यकालमा चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त प्रस्तुत गरेका थिए ।

विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विदेश मामिलाविज्ञहरूले श्रृंगलालाई नेपाल र श्रीलंकाको नामै लिएर छिमेकमा भारतको सम्बन्ध किन बिग्रेको भन्ने प्रश्न गरेका थिए ।

जवाफमा उनले खुला सिमाना, सांस्कृतिक सभ्यता लगायतले नेपाल–भारत सम्बन्ध संस्थागत रूपमा नै विशिष्ट छ । राजनीतिक उतारचढाब हुँदा सरकारहरूबीच सवालजवाफ हुने गरेको बताए।

कोभिड– १९ को महामारीबीच नेपाललाई भारतले टेस्ट किट्सलगायतका औषधिजन्य सामग्री सहयोग गरेको पनि विदेश सचिव श्रृंगलाले बताए ।

उनले नेपाल, बंगलादेश, भुटानमा आपूर्ति निर्वाध भइरहेको र छिमेकीहरूसँग संवाद भइरहेको पनि उल्लेख गरे ।

उनले भारतको विकास सहायताको करिब ३५ प्रतिशत छिमेकी देशहरूमा जाने गरेको र समुदायलाई समेत सहयोग पुग्ने गरी भारतले सहयोग दिँदै आएको पनि बताए ।

कोरोना महामारीको यस विषम परिस्थितिमा छिमेकी मुलुकका लागि भारत पहिलो उद्धारकर्ता मात्र नभएर सुरक्षाका लागि भरोसायोग्य मुलुकसमेत भएको विदेशसचिव श्रृंगलाको भनाइ थियो ।

कोभिड– १९ विरुद्ध खोप उत्पादन भएको अवस्थामा भारतले छिमेकी देशहरूलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

यसैबीच भारतीय विदेशसचिव श्रृंगलाले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को वैकल्पिक संयन्त्रको रूपमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) स्थापित भएको पनि जिकिर गरे ।

बिमस्टेकले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ९ : ५४ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं