सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता « Khabarhub

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौता


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सुडानको सरकार तथा विद्रोही समुहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच  करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए ।

सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा शनिबार भेला भएका थिए ।

दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रो लक्ष्य पूरा भएको छ ।’

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि सङ्क्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।

यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका छन् । अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता जनाएका छैनन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ५७ बजे

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा– झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा

पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृत्यु

पेरु– पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

जुम्ला– नेपाल–इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल)ले जुम्लास्थित कर्णाली माध्यमिक

सिंगाडा टिप्न भ्याइनभ्याइ 

बाँके– बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै

व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

गण्डकी– सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको शुक्रबारदेखि पोखरामा सुरु भएको