अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै « Khabarhub

अनसनरत केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

डा‍. केसीका सहयोगी डाक्टर तोसिमा कार्कीले आइतबारदेखि डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको छाती दुख्ने समस्या देखिन थालेको बताइन् ।

उनले डा. केसीलाई कृतिम अक्सिजन दिन सुरु गरिएको पनि बताइन् ।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र आइसीयु सपोटमा राख्नुपर्ने अवस्था रहेको डा.कार्कीले बताइन् ।

‘डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ, उहाँलाई स्वास फेर्न गाह्रो भएको छ,’ डा.कार्कीले भनिन्, ‘ डा.केसीले केही समयदेखि नियमित खाइरहनु भएको मुटुको समस्याको औषधि पनि खानु भएको छैन । उहाँको अवस्था आइसीयुमा राख्नुपर्ने बिरामीको जस्ता भएको छ ।’ स्वास्थ्य अवस्था विग्रदै गएपनि औषधि उपचार गर्न नमानेको उनले बताइन् ।

केसीको स्वास्थ्य अवस्थाको रिपोर्ट

काठमाडौँ उपयत्यकामा कोरोना संक्रमण बढ्दै गएको र डा.केसीको रोगप्रतिरोधात्मक क्षमता घट्दै गएकाले उनलाई भेट्न निषेध गरिएको पनि डा.कार्कीले बताइन् ।

डा.केसीको जीवनरक्षाको कामना गर्न सन्देश बुक बाहिरै राखिएको उनले बताइन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २१ दिनदेखि अनसनरत केसीका माग सुनुवाइको कुनै पहल नभएको उनीहरुले बताएका छन् ।

डा.केसीको माग सम्बोधनका लागि सरकारलाई दबाव दिन त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमै धर्ना दिन शुरु गरेका छन् ।

केसीका माग
डा.केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्नुपर्ने र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरु गर्नुपर्ने माग राखेका छन् ।

यस्तै प्रदेश दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने माग पनि राखेका छन् ।

डा. केसीले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन् ।

डा. केसीले आफूसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गनुपर्ने पनि माग राखेका छन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिस्ठानका पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने माग उठाएका छन् ।

यस्तै बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गर्नुपर्ने, राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानून बमोजिम छानबिन र कारवाही गर्नुपर्ने माग उठाएका छन् ।

त्यस्तै डा. केसीले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानबिन र कारवाही गर्नुपर्ने माग पनि राखेका छन् ।

उनले सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि पनि कानून बमोजिम छानविन र महाअभियोग लगायतका कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।

डा. केसीले अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरुमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने समेत माग गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : ४६ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग