नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन « Khabarhub

नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। नेपाल विद्यार्थी संघ एवम तरुण दलसँगआवद्ध युवा तथा विद्यार्थीले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेको हो ।

चिनियाँ दूतावास अघि पुगेका उनीहरुले ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी लगाएका छन् । त्यस्तै सहभागीहरूले चिनियाँ हस्तक्षेपको खेदो खन्दै नेपालमा चीनको दादागिरी चल्दैन आक्रोश पोखेका छन् ।

सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर लगाएतका नारा लगाएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्। नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तीब्र गतिमा भइरहेको छ।

उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए। ‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन,’ उनले भनेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : १५ बजे

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका

आइसिसी महिला च्यालेन्ज ट्रफीका महिला क्रिकेट खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला च्यालेन्ज ट्रफीका

प्रधानमन्त्रीसँगको छलफलमा इन्द्रिराले उठाइन् पूर्वाधार र सामाजिक विकासका विषय

काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा