मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही « Khabarhub

मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही गरिने भएको छ । दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारवाही’ को सन्देशसमेत दिइरहेको छ ।

कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो । कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले बताए। “कार्यविधिको प्रचारप्रसारसँगै जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारवाही हुने सन्देश दिइरहेका छौँ”, उनले भने ।

उनका अनुसार कार्यविधिमा जनप्रतिनिधिलाई दोब्बर कारवाहीबारे उल्लेख नगरे पनि सेवन गरेको भेटिए कार्यविधिमा तोकिएको जरिवाना/सजाय दोब्बर गरिनेछ ।

गाउँपालिकाले कार्यविधि प्रचारप्रसारको काम शनिबारदेखि थालेको हो । गौतमले भने, “आउँदो शुक्रबारसम्म कार्यविधिको प्रचारमा हुन्छौँ, सबै कार्यक्रममा जनप्रतिनिधि सामेल गराइएको छ ।” आव २०७७/७८ को नीति तथा कार्यक्रममा व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने गाउँसभाले पारित गरेको थियो । कार्यविधिमा गाउँपालिकाभित्र मदिरा बिक्री–वितरण गर्ने र ढुवानीसमेत गर्नेलाई चरणबद्ध कारवाही गरिने उल्लेख छ ।

गौतमका अनुसार मदिरा बेचविखन तथा ओसारपसार गरेको सूचना प्राप्त भई सम्बन्धित अधिकारवाला निकायले छापामारी चेक गर्दा प्राप्त मदिरा सबै बरामद गरी नष्ट गर्ने र त्यसको मूल्य बराबरमा दोब्बर जरिवाना गरिनेछ । पहिलो पटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटक रु २० हजार जरिवाना गरिने जनाइएको छ । सोभन्दा बढी पटक गरेको पाइएमा तेस्रो पटक गरिएको जरिवानाभन्दा दोब्बर गरिने कार्यविधिमा उल्लेख छ ।

“उल्लेखित कारवाही पश्चात पनि अटेर गरेमा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा चलाउन सिफारिस गरिनेछ”, गौतमले भने । उनका अनुसार मदिरा सेवन गरी हो–हल्ला गर्ने, खान दिने र खानेलाई समेत कारवाहीको दायरामा ल्याइनेछ । विभिन्न जाति, आदिवासी जनजातिको रितीरिवाज, संस्कार र संस्कृतिलाई कार्यविधिले कुनै असर नगर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : ५२ बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न