काठमाडौँमा १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ संक्रमित थपिए « Khabarhub

काठमाडौँमा १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ संक्रमित थपिए


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ १ हजार ३७३ सहित उपत्यकामा १ हजार ५९९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै १ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित ५०५ जना महिला र ८६८ जना पुरुष छन् ।

त्यस्तै भक्तपुरमा ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने २० महिला र १९ पुरुष छन् ।

ललितपुरमा ७९ महिला र १०८ पुरुषसहित १८७ जनामा कोरोना पुष्टि भएको छ ।

यसैबीच नेपालमा बितेको २४ घण्टामा २ हजार २५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।

त्यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आज ७ जना मृतक थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

मन्त्रालयका अनुसार एकैदिन १ हजार ३२९ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९ पुगेको छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् । ४ हजार २०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया