बिदामा रहेकालाई ओमान फर्किँदा एनओसी नचाहिने « Khabarhub

बिदामा रहेकालाई ओमान फर्किँदा एनओसी नचाहिने


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : बिदामा रहेका नेपाली कामदार ओमान फर्किँदा नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ ।

यसअघि बिदामा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेश गर्न एनओसी अनिवार्य गरे पनि अब भने नचाहिने जानकारी गराएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको जनाएको हो । बिदामा आएकाहरु अब ६ महिनाभन्दा बढी अबधि भए पनि एनओसी बिनै जान पाउनेछन् ।

अक्टोवर १ देखि ओमानको अन्तराष्ट्रिय विमानस्थल खुलेको र पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी नेपालबाट ओमान तथा ओमानबाट स्वदेश सहजरूपमा फर्किन सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : १५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली