चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने « Khabarhub

चाडपर्वमा पनि ‘होम डेलिभरी’लाई निरन्तरता दिइने


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ ।

कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए ।

त्यतिबेला दैनिक झण्डै ६० वटासम्म अर्डर आएकामा अहिले दैनिक झण्डै आठ/नौ वटा मात्रै अर्डर आएका छन् ।
बन्दाबन्दीको समयमा नागरिक खाद्यान्न किन्न टाढा जान नसक्ने भएकाले बढी अर्डर आए पनि अहिले यातायात सहज भएकाले अर्डर कम भएको उनको भनाइ छ ।

उनले भने, “नागरिकले सही मूल्यमा खाद्यान्न पाएमा यहीँबाट किन्नुपर्छ भन्ने पनि होइन ।”

कम्पनीले सामान बिक्री कक्षमा जान नसक्ने उपभोक्ताका लागि लक्षित गरेर ‘होम डेलिभरी’ शुरु गरेको थियो । पहिले कम्पनीको मात्रै सामान राखिएकामा अहिले साल्ट ट्रेडिङ र दूग्ध विकास संस्थानको सहकार्यमा तीनै संस्थाको खाद्यान्न तथा खाद्य सामग्री एउटै स्थानबाट बिक्री भइरहेको छ ।

उपभोक्ताले ‘होम डेलिभरी’ मा पनि सूपथ मूल्यमा यी सामग्री पाउनेछन् ।

दशैँ, तिहार, छठलगायत चाडँपर्व नजिकिँदै गर्दा नागरिकलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउन उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुपथ मूल्य पसल शुरु भएका छन् ।

तीनै संस्थाले नियमित रुपमा बिक्री गर्दै आएका खाद्यान्नमा छुटको व्यवस्था गरेर बिक्री गरिरहेका छन् । लिमिटेडले खाद्यान्नमा प्रतिकिलो रु पाँचसम्म छुट दिइरहेको छ । चामल, सीमी, फापरलगायतका सबै खाद्यान्नमा सामान्य अवस्थामा भन्दा छुटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ५ : ३१ बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न