साताको पहिलो दिन: नेप्सेमा दोहोरो अङ्कको वृद्धि « Khabarhub

साताको पहिलो दिन: नेप्सेमा दोहोरो अङ्कको वृद्धि


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । साताको पहिलो दिन नै सकारात्मक देखिएको बजारले नयाँ लय समात्ने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.७१ बिन्दुले उकालो लागेर एक हजार ५८५.७५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.१९ ले वृद्धि भई ३१२.३५ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड सात लाख १३ हजार ३१२ कित्ता शेयर रु तीन अर्ब १७ करोड ८८ लाख ५३ हजार ७१९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने वृद्धि भएको छ । जलविद्युत् १५.२६ र सामूहिक लगानी कोष ०.३५ ले घटेको छ । यस्तै बैंकिङ १५.५६, व्यापार १५.७७, होटल ११ं८७, विकास बैंक २३.४९, वित्त २.४३, निर्जीवन बीमा २४.०७, उत्पादन १४५.२६, अन्य ११.१५, लघुवित्त ४.०३, जीवन बीमा ४५.०३ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ८६ लाख १२ हजार ६३८ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १९ करोड ४२ लाख ८८ हजार २९९, एनसिसी बैंक रु ११ करोड ६२ लाख १० हजार ९४३, हिमालयन डिस्टिलरी रु ११ करोड ४८ लाख ९३ हजार ४०१, नेपाल बैंक रु १० करोड ६५ लाख ५० हजार ८९७ र कुमारी बैंक रु नौ करोड ७६ लाख आठ हजार ८०९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक ९.८४, शिवम् सिमेन्ट ९.५०, प्रोगेसिभ फाइनान्स ९.४५, छ्याङदी हाइड्रो पावर ७.५९, उन्नती सहकार्य लघुवित्त ६.९२ र लक्षमी बैंकका लगानीकर्ताले ६.४० प्रतिशतले कमाए । यस्तै, यूनियन हाइड्रोपावर ९.८४, दिव्यश्वरी हाइड्रोपावर ९.५७, खानीखोला हाइड्रोपावर ९.४०, नेशनल हाइड्रोपावर ७.६९, एनएमबी हाइब्रिड फण्ड ७ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ६.७२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : २८ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न