हेलिकप्टरबाट सुत्केरीको उद्धार « Khabarhub

हेलिकप्टरबाट सुत्केरीको उद्धार


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा – स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएर समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारलाई आज दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।

आज बिहान सुत्केरी हुनुभएकी सुनारले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छिन् । शिशु जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनुपरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।

दुवै शिशुको तौलसमेत औसतभन्दा निकै कम छ । गाउँपालिका अध्यक्षले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका थियो ।

अपराह्न आएको हेलिकोप्टरले सुनारलाई गण्डकी अस्पताल पोखरामा पुर्‍याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : १० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र