‘यसपटक जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं’ « Khabarhub

‘यसपटक जो जहाँ छौं, त्यहीँ दशैं मनाऔं’


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गइरहेका बेला सरकारले सर्वसाधारणलाई जो जहाँ छ, त्यहीँ बसेर यो वर्षको दशैं मनाउन आग्रह गरेको छ ।

दशैं मनाउन घर फर्किने तयारीमा रहेकालाई जहाँको त्यहीँ बसेर दशैं मनाउन सरकारले आग्रह गरेको हो । संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेको छ । सरकारले यसअघि अत्यावश्यक कामबाहेक कोही पनि काठमाडौं प्रवेश नगर्न आग्रह गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा ओहोरदोहोर गर्दा कोरोना गाउँ गाउँ पुग्‍न सक्ने भएकाले यसपटक जो जहाँ छ, त्यहीँ दशैं मनाउन आग्रह गरेका हुन् ।

‘कोरोना संकट गहिरिँदो छ, त्यसैले यो वर्षको दशैं जहाँ बसेका छौं, त्यहीँ रहेर मनाऔँ’, उनले भने, ‘यो सबैलाई आग्रह हो । यस पटकको दशैँमा घर जान बल नगरौं।’

साथै उनले स्वास्थ्य मापदण्ड पालना गर्न र लापरवाही नगर्न आग्रह गरे। ‘हामीले अनुनय विनय गरिरहेका छौं । जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिरहेका छौं’,उनले भने ।

प्रवक्ता गौतमले स्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई जरिवाना तिराउने पनि बताए । उनले मास्क नलगाउने तथा अन्य मापदण्ड पालना नगर्नेलाई जरिवानाको व्यवस्था गरिएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : २४ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच