मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, १२ जना नियन्त्रणमा « Khabarhub

मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार, १२ जना नियन्त्रणमा


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरिएको छ ।

आइतबार साँझ काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट बुटवलतर्फ आउँदै गर्दा बुटवलको राजमार्ग चौराहामा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरी ढुंगा प्रहार भएको पुष्टि गरे ।

ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको जनाइएको छ । ढुंगामुढा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

प्रहरीले ढुंगामुढा प्रहार गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित अन्य संघसंस्थाले विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ५२ बजे

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६