विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्छ: मुख्यमन्त्री पोखरेल « Khabarhub

विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्छ: मुख्यमन्त्री पोखरेल


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश पाँचका मुख्यमन्त्री शंंकर पोखरेलले निर्णयमा चित्त नबुझे विरोध गर्ने संवैधानिक हकलाई प्रदेश सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचको राजधानी दाङको भालुवाङमा नयाँ संरचना निर्माण गरेर यस प्रदेशका बासिन्दाको साझा मनोविज्ञान तयार पारिने बताए ।

उनले भने, ‘बुटवलबाट राजधानी सार्न लागेको होइन ,भालुवाङमा स्थायी संरचना नबन्दासम्म त्यहीं रहन्छ, राजधानी सर्ने भन्दा पनि नयाँ पुस्ताका लागि नयाँ ठाउको विकास गर्न लागिएको हो ।’

मुख्यमन्त्री पोखरेले राजधानी कहाँ रहने भन्ने बिषय प्रदेशसभाले तय गर्ने कुरा भएको जनाउँदै पार्टीका शीर्ष नेताहरूसँग छलफल भइरहेको पनि बताए ।

उनले बुटवलबाट राजधानी सार्न खोजेको भन्दै पार्टी महासचिव विष्णु पौडेलप्रति भैरहेको टिकाटिप्पणी प्रति असन्तुष्टि समेत जनाए । साथै उनले राष्ट्रिय राजनीतिको एक सम्मानित व्यक्तिमाथि प्रदेश राजधानीको बिषयलाई लिएर गरिने टिप्पणी अशोभनीय भएको पनि बताए ।

मुख्यमन्त्री पोखरेलले प्रतिपक्ष दललाई समेत सहमतिमा लिएर यस बिषयमा अघि बढ्ने बताए ।

यसैबीच महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दहाललाई प्रदेश पाँचको राजधानी बुटवलमै राख्नुपर्ने माग गरेका छन् ।

प्रदेश पाँचका मुख्यमन्त्री पोखरेल सहित नेता जनार्दन शर्माको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षसँगको भेटमा महासचिव पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ०३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि