प्रतिरोधात्मक क्षमता बढाउनेदेखि तनावमुक्त गराउन प्रयोग गर्नोस तुलसी « Khabarhub

प्रतिरोधात्मक क्षमता बढाउनेदेखि तनावमुक्त गराउन प्रयोग गर्नोस तुलसी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर फैलिरहेको कोरोना भाईरस महामारीका समयमा नेपालमा पनि आयुर्वेदिक पद्धतिबाट भाईरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ भनेर खोज भईरहेको छ ।

कतिपय संक्रमितले नेपाली माटोमा उब्जाउ भएका वनस्पतीको प्रयोग गरी निको भएर घर फर्केको समेत दाबी गरिएको छ ।

उनीहरुमध्ये केहीले तुलसीपत्ता पनि नियमित सेवन गरेको पाईयो । कतिपयले यसको पत्ता चियामा राखेर पनि पिउने गर्दछन् । आयुर्वेदिक चिकित्सक पनि यसको प्रयोग गर्न सुझाउँछन् ।

यतिमात्र होइन अक्सिजन कम हुनेले तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुसन्धानबाट पत्ता लागेको छ ।

तुलसीको प्रयोगका साथै हरियो कागती सुँघ्ने, ग्लुकोज पानी खाने, बीरे नुन, मरिच, जुवानो, अदुवा र लसुन तातोपानीमा खाँदा पेट दुखेको पनि आराम हुने बताइएको छ ।

अहिले मौसममा आएको बदलावका कारण धेरैलाई चिसो लागेको छ । जाडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी हुने गर्छन् ।

चिसोकै कारण सबै भन्दा धेरै मानिसलाई रूघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी सँगसँगै स्वास्थ्यमा अन्य विभिन्न समस्या हुने गर्छन् । यदि तपाईले तुलसीको पत्ता तातोपानीमा उमालेर खानुभयो भने यसले तपाईलाई निकै फाईदा पुर्‍याउँछ ।

नियमित तुलसी सेवनका फाईदाहरु

– रोग प्रतिरोधात्मक क्षमताको विकास

– दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

– स-साना बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा

– तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

– चिसोबाट बच्नका लागि निकै उत्तम ।

– टाउको दुख्ने समस्याबाट मुक्त ।

– मुख गनाउने समस्याबाट छुट्कारा ।

– मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

– वान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने ।

– तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

– तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमक बढ्छ ।

– कानको दुखाई चट्टै पार्न पनि यसको प्रयोग गरिन्छ ।

औषधिको काम गर्ने तु्लसी हिन्दु धर्मावलम्वीहरूले घरघरमा रोपेका हुन्छन् । हिन्दु धर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ४४ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा