प्रतिरोधात्मक क्षमता बढाउनेदेखि तनावमुक्त गराउन प्रयोग गर्नोस तुलसी « Khabarhub

प्रतिरोधात्मक क्षमता बढाउनेदेखि तनावमुक्त गराउन प्रयोग गर्नोस तुलसी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर फैलिरहेको कोरोना भाईरस महामारीका समयमा नेपालमा पनि आयुर्वेदिक पद्धतिबाट भाईरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउन सकिन्छ भनेर खोज भईरहेको छ ।

कतिपय संक्रमितले नेपाली माटोमा उब्जाउ भएका वनस्पतीको प्रयोग गरी निको भएर घर फर्केको समेत दाबी गरिएको छ ।

उनीहरुमध्ये केहीले तुलसीपत्ता पनि नियमित सेवन गरेको पाईयो । कतिपयले यसको पत्ता चियामा राखेर पनि पिउने गर्दछन् । आयुर्वेदिक चिकित्सक पनि यसको प्रयोग गर्न सुझाउँछन् ।

यतिमात्र होइन अक्सिजन कम हुनेले तुलसीको बास्ना लिँदा श्वासप्रश्वासमा सन्तुलन आउने अनुसन्धानबाट पत्ता लागेको छ ।

तुलसीको प्रयोगका साथै हरियो कागती सुँघ्ने, ग्लुकोज पानी खाने, बीरे नुन, मरिच, जुवानो, अदुवा र लसुन तातोपानीमा खाँदा पेट दुखेको पनि आराम हुने बताइएको छ ।

अहिले मौसममा आएको बदलावका कारण धेरैलाई चिसो लागेको छ । जाडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी हुने गर्छन् ।

चिसोकै कारण सबै भन्दा धेरै मानिसलाई रूघाखोकीले सताइरहेको हुन्छ । रुघाखोकी सँगसँगै स्वास्थ्यमा अन्य विभिन्न समस्या हुने गर्छन् । यदि तपाईले तुलसीको पत्ता तातोपानीमा उमालेर खानुभयो भने यसले तपाईलाई निकै फाईदा पुर्‍याउँछ ।

नियमित तुलसी सेवनका फाईदाहरु

– रोग प्रतिरोधात्मक क्षमताको विकास

– दाँतको दुखाइका लागि तुलसी लभदायक हुन्छ ।

– स-साना बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाईदा

– तुलसीको पत्ता सेवन गर्नाले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मद्दत गर्छ।

– चिसोबाट बच्नका लागि निकै उत्तम ।

– टाउको दुख्ने समस्याबाट मुक्त ।

– मुख गनाउने समस्याबाट छुट्कारा ।

– मुटुसम्बन्धी समस्या हुनेहरूले दैनिक रुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ ।

– वान्ता रोक्न तुलसी पत्ताको रस प्रयोग गर्ने ।

– तनाव मुक्त गराउन तुलसीको पत्ता चुस्ने ।

– तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमक बढ्छ ।

– कानको दुखाई चट्टै पार्न पनि यसको प्रयोग गरिन्छ ।

औषधिको काम गर्ने तु्लसी हिन्दु धर्मावलम्वीहरूले घरघरमा रोपेका हुन्छन् । हिन्दु धर्ममा जुन घरमा तुलसी रोपिएको हुन्छ त्यो घरमा सर्प, विच्छी जस्ता हानिकारक किराहरु आउँदैनन् भन्ने विश्वास गरिन्छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ४४ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय