खुलामञ्चमा खाना खुवाउने काम यथावत् रहने | Khabarhub Khabarhub

खुलामञ्चमा खाना खुवाउने काम यथावत् रहने

पार्टी प्यालेसमा खाना खुवाउनुहोस् भाडा महानगरले तिर्नेछ : मेयर शाक्य


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउँदै आइरहेका धेरै मानिसहरु कोभिड १९ का कारण बेरोजगार बने ।

दुई छाक खानाकै लागि सडकमा धाउन थाले । यसबीचमा विभिन्न संघ संस्थाहरुले सहकार्य गरेर ठाउँठाउँमा भोजन सेवाको सुरुवात पनि गर्यो ।

काठमाडौँको खुला स्थानमा खुलामञ्चमा पनि केही सामाजिक अभियान्ताहरुले भोकै बसेकाहरुका लागि खाना बाड्न थाले । यसरी खाना बाड्न थालेको ७ महिना बितिसकेको छ ।

तर कोभिडका कारण व्यापार व्यवसाय ठप्प भइरहँदा रोजगारी पाउने अवस्था भने देखिँदैन । जसको फलस्वरुप उनीहरु अझैं पनि बिहान र साँझ खाना खान खुला मञ्च नै आइपुग्ने गर्छन् ।

‘सुरुमा ७ सय जनासम्मलाई हामीले खाना खुवाउदै आइरहेका थियौं’ अभियान्ता बब्लु गुप्ताले खबरहबसँग भने, ‘अहिले लगभग ४ सय जना हुनुहुन्छ खाना खाने ।’

यस अभियानमा ५० जनाभन्दा बढी व्यक्तिहरुले बिहान र बेलुका खटेर शंखमुलबाट खाना बनाएर खुलामञ्चसम्म पुर्याएर भोका मानिसहरुलाई खुवाइरहेका छन् ।

तर लामो समयदेखि यसरी राजधानी काठमाडौँकै बेइज्जत हुने गरी सडकमा राखेर खाना खुवाइरहेको भन्दै काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले बोलेका थिए । यसबीचमा चौतर्फी आलोचना पनि भयो ।

फलस्वरुप मेयर शाक्यले बुधबार पत्रकार सम्मेलन गरी फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा नगरी अस्वस्थ्य र असुरक्षित तरिकाले खाना खुवाएको भनेर जनस्तरबाट नै गुनासो आइरहेको बताए ।

सोही जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई वैकल्पिक व्यवस्थापन गर्ने महानगरको योजना रहेको उनको भनाइ छ ।

‘काठमाडौँ शहरलाई गरिखाने शहरका रुपमा चिनाउनुपर्छ, मागि खाने शहरका रुपमा होइन’ उनले भने, ‘त्यसकारण बरु खुलामञ्चमा खुवाउने खाना कतै पार्टी प्यालेसमा लगेर खुवाऔँ भाडा महानगरले तिर्नेछ ।’

उनले सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र उनीहरुको कथा व्यथा बेचेर काठमाडौँ मागि खानेहरुको शहर हो भनेर विश्वसामु चिनाउने प्रयास भइरहेकाले महानगरले वैकल्पिक योजना बनाएको समेत बताए ।

कोभिडका कारण बेरोजगार भएकाहरुलाई उनीहरुको क्षमताअनुसार रोजगारी दिने शाक्यले बताए ।

जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ अनुसार सातामा दुई दिन ज्यालादारीमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन र सार्वजनिक तथा हरियाली पार्क संरक्षणका लागि काम दिनेछौं’ मेयर शाक्यले भने, ‘कोभिड १९ का कारण रोजगार गुमाइ खाना नपाएका कोही हुनुहुन्छ भने आफ्ना वडा कार्यालयहरुमा सम्पर्क गर्नुस् भोकै बस्नुपर्दैन वडाले सहयोग गर्नेछ ।’

कार्यक्रममा उपस्थित भएका विभिन्न वडाका अध्यक्षहरुको तर्क पनि उस्तै तर्क थियो ।

त्यस्तै प्रत्येक वडाले रोजगारी गुमाएकाहरुलाई कामको व्यवस्था गरेर सोही अनुसार खाना तथा पारिश्रमिकको व्यवस्था गरिरहेको वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले बताए ।

‘राजधानीमा देशभरका मानिसहरु बस्छन् यो शहरलाई गरिखाने शहरका रुपमा चिनाऔँ नराम्रो सन्देश प्रवाह नगरौँ’ उनले भने, ‘अब आफु बसेको वडा कार्यालयमा आउनुहोस् हामी कामको व्यवस्था गर्छौं ।’

त्यस्तै कोभिड १९ काले मात्र नभई विभिन्न रोगले समेत संक्रमण गर्ने भय रहेकाले खुला स्थानबाट खाना खुवाउने कामलाई हटाउन लागेको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले बताए ।

वि.स. २०७४ सालदेखि नै मानव सेवा आश्रमसँग सहकार्य गरेर सडक मानवहरुको समेत व्यवस्थापन गर्दै आइरहेको र लकडाउनको समयमा पनि वडाले यसरी नै काम गरिरहेको उनले बताए ।

यससँगै चौतर्फी आलोचना भएपनि मेयर शाक्यले केही समयका लागि खुलामञ्चमा नै खाना खुवाउन दिने र विकल्पमा पार्टी प्यालेसको व्यवस्था गर्ने समेत जानकारी दिएका छन् ।

‘तत्कालका लागि निःशुल्क खाना खुवाउने कार्यक्रमलाई महानगरले जबरजस्ती रोक्दैन’ शाक्यले भने, ‘कसैले निःशुल्क खाना खुवाउछ भने महानगरले पार्टी प्यालेसको भाडा तिर्नेछ । त्यही खुवाउने गर्नुपर्छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ०० बजे

धुलिखेल अस्पतालका दुई चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं– काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का

स्वर्गद्वारी गुठीपीडितको समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘गुठी

तालबन्दी तोडेर वातावरण सहज बनाउन मातहतलाई नेविसंघको निर्देशन  

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विभिन्न क्याम्पसहरूमा तालाबन्दी गर्ने मातहतका

परराष्ट्रमन्त्री राणा र मल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री

स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने 

काठमाडौं– बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य