एक्साइडको नयाँ ब्याट्री बजारमा « Khabarhub

एक्साइडको नयाँ ब्याट्री बजारमा


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एक्साइड इन्डस्ट्रिजका नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै ७४ एम्पियरको ईपीआईक्यु डिन ब्याट्री ७७ महिना वारेन्टीको साथ अत्याधुनिक गाडीहरुका लागि ल्याएको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रालि अन्तर्गत एक्साइड ब्याट्री विभागका महाप्रवन्धक सुरेश कुमार तिवारीका अनुसार ईपीआईक्यु डिन ७४ ब्याट्री उत्कृष्ट प्रविधिद्वारा निर्मित ब्याट्री हो । यसमा प्रयोग भएको पेन्टा एल्वोइले गर्दा ब्याट्रीमा लाग्ने खिया कम गरी ब्याट्रीको जीवन अवधि लामो बनाउँछ जसले गर्दा यो ब्याट्री अन्य ब्याट्रीहरुको तुलनामा बढी समय सम्म टिक्ने गर्दछ ।

यो ईपीआईक्यु डिन ७४ ब्याट्रीमा प्रयोग भएको विशेष पेस्टले गर्दा ब्याट्री टिक्ने अवधि बढाउने मात्र होइन छिटो चार्ज पनि हुने गर्दछ । ईपीआईक्यु डिन ७४ ब्याट्रीमा जडित डबल क्लाड पोलिथिलिन र ग्लास म्याट सेपरेसनले गर्दा धेरै नै भरपर्दो तथा लामो समय सम्म ब्याट्री टिक्ने भएकोले हाम्रा ग्राहकहरुले यो ब्याट्रीलाई मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।’

ईपीआईक्यु डिन ७४ ब्याट्रीको राम्रो विशेषता भनेको वेट सेल्फ लाइफ हो । यो वेट सेल्फ लाइफ बढी हुने भएकोले छिटो डिस्चार्ज हुदैन । सामान्यतया अटोमोटिभ ब्याट्रीहरु ३ महिनासम्म निष्क्रिय रुपले वा प्रयोग नगरिकन राख्यो भने ब्याट्री डिस्चार्ज हुने गर्दछ तर ईपीआईक्यु डिन ७४ ब्याट्री ६ महिनासम्म पनि प्रयोग नगरीकन राख्दा डिस्चार्ज हुँदैन ।

त्यसपछिको समयमा यदि ब्याट्री डिस्चार्ज भइहाले पनि यो ब्याट्री अन्य ब्राण्डको तुलनामा छिटो चार्ज हुन्छ ।

ईपीआईक्यु डिन ७४ ब्याट्री बि एम डब्लु, सेभ्रोलेट, टाटा, फोर्ड रेन्जर, हृयुनडाई, मर्सिडिज बेन्ज, निसान, रेनौल्ट, स्कोडा, भोक्सवागन, मित्सुबिशी जस्ता अत्याधुनिक डिजेल तथा पेट्रोल कारहरुमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ३ : ३५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु