युरोपा लिगमा आर्सनलको शानदार जित « Khabarhub

युरोपा लिगमा आर्सनलको शानदार जित


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपा लिग फुटबलमा लन्डन क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथि शानदार जित हात पारेको छ ।

समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्सनलले रापिडमाथि ४–१ को शानदार जित निकाल्यो ।

आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले सान्त्वना गोल फर्काए ।

इमिरेट्स स्टेडियममा करिव दुई हजार समर्थकलाई प्रवेश दिइएको खेलमा घरेलु टोलीले खेलको शुरुवातदेखि नै रापिडलाई दवावमा राख्न सफल भएको थियो ।

समूह ‘बी’ मा अपराजित रहेको आर्सनलको ५ खेलबाट १५ अंक भएको छ । आर्सनल यसअघि नै अर्को चरण प्रवेस गरिसकेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : ०७ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि