कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित « Khabarhub

कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।

कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार प्रदान गरेको हो ।

उनीहरुलाई नासर अल अली इन्टरप्राइजेस कम्पनीका मालिक नासर अल अलीले पुरस्कारवापत् सो रकम प्रदान गरेका हुन् ।

सम्मानित हुने राई सन् २०१० मा कतार आएका थिए । पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गरेका उनी त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भएका थिए । नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किएका उनी निर्माण सम्बन्धी धेरै काममा पोख्त रहेका छन् ।

आफू नसिर अल अलि ईन्टरप्राईजेज जस्तो कम्पनीमा काम गर्न पाएकोमा एकदमै खुशी रहेको बताए ।

सम्मानित हुने थापा पनि सन् २०१० मै कतार प्रवेश गरेका थिए । सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गरेका र अहिले सबै काममा आफू पोख्त भैसकेको उनी बताउँछन् ।

नेपालीहरुसंगै कम्पनीले दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई पनि जनही १५ हजार कतारी रियलसहित सम्मान गरेको छ ।

कम्पनीले बेलाबेलामा कम्पनीमा कार्यरत कामदारलाई प्रोत्साहनस्वरुप सुनको सिक्का, नगद इनाम र प्रमाणपत्र दिने गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : २० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको