गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा « Khabarhub

गाडी रोकेको हो, जलाउन खोजेको होइन : नेविसङ्घ झापा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकारेका छन् ।

यद्यपि उपप्रमुखले दावी गरेजस्तो सरकारी गाडी जलाउन नखोजेको उनले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा सङ्घको केन्द्रीय कार्यक्रमअनुसार बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा मे१झ १७२ नंको सरकारी गाडीमा रहेकै अवस्थामा नेविसङ्घको कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर आफूलाई जलाउन खोजेको उपप्रमुख उप्रेतीले बताएकी छन् ।

नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला बिहीबार अपराह्न ३ बजेतिर आफू सवार गाडीमा आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ७ : ३२ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध