देवराज ईन्द्रले कसका लागि बनाएका थिए विश्वकै ठूलो मन्दिर ? « Khabarhub

देवराज ईन्द्रले कसका लागि बनाएका थिए विश्वकै ठूलो मन्दिर ?


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वमा त्यस्ता केहि मात्र मन्दिरुहरु छन्, जो एकदमै विशाल छन् ।

विश्वको सबैभन्दा ठूलो हिन्दू मन्दिर कम्बोडियाको अंकोरमास्थित अंकोरवाट मन्दिरमा रहेको छ । जसको पूरानो नाम यशोधरापुर रहेको छ ।

मीकांक नदीको किनारमास्थित सिमरिप शहरमा रहेको यस मन्दिर टाइम म्यागेजिनले ५ आश्चर्य वस्तुमा सामेल गरेको थियो ।

यो मन्दिर सैकडौं वर्ग मीलमा फैलिएको छ । यो मन्दिरका पालनहार भगवान विष्णुलाई मानिन्छ । त्यहाँका केही शासकहरुले त्यहाँ ठूला शिवका मन्दिरहरु निर्माण गराएका थिए ।

इण्डोनेशियाबासीहरु त यस मन्दिरलाई पानीमा डुबेको मन्दिर भन्ने गर्दछन् । यो मीन्दरको तस्वीर कम्बोडियाको राष्ट्रिय ध्वजमा पनि अंकित छ । साथै यो मन्दिरलाई मेरु पर्वतको प्रतिक पनि मान्ने गरिन्छ ।

यो मन्दिरको ढोकाहरुमा रामायण एवं महाभारत जस्ता पवित्र धार्मिक ग्रन्थको प्रसंगहरु पनि चित्रण गरिएको छ । ठाउँ ठाउँमा अप्सराहरुको नृत्य मुद्रा, असुर तथा देवताको बीचमा भएको समुन्द्र मन्थनका दृश्यहरु चित्रित गरिएको छ ।

विश्वको लोकप्रिय पर्यटन स्थल भएकाले सन् १९९२ मा यूनेस्कोले यस मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

अंकोरवाट मन्दिर कसले बनाएको थियो ?

यो मन्दिरको निर्माण राजा सूर्यवर्मन द्वितीयले सन् १११२ देखि सन् ११५३ को बीचमा बनाएका थिए ।

मन्दिर निर्माण सूर्य वर्मन द्वितीयले प्रारम्भ गरेका थिए । तर यसको समापन धरणीन्द्र वर्मनको शासन कालमा भएको थियो ।

यो मन्दिर किंवदन्तीका अनुसार स्वयं देवराज ईन्द्रले बनाएका थिए । उनले महलको रुपमा आफ्ना पुत्रका लागि यो मन्दिर एकै रातमा आफ्नो अलौकिक शक्तिले निर्माण गरेको बताइन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ५ : २९ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै