टोटनहम युरोपा लिगको नकआउट चरणमा « Khabarhub

टोटनहम युरोपा लिगको नकआउट चरणमा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  टोटेनहम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहिबार राति समूह जेको खेलमा टोटेनहम अष्ट्रियन क्लब लास्कसंग ३–३ गोलको बराबरीमा रोकिए पनि नकआउट चरण प्रवेश गरेको हो ।

खेलमा अग्रता ४२औँ मिनेटमा घरेलु टोली लास्कले पिटर मिकोरलको गोलमा लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै ग्यारेथ बेलले खेल बराबरीमा ल्याएका थिए ।

५६औँ मिनेटमा ह्युङ मिन सनले टोटेनहमलाई २–१ ले अघि बढाएका थिए । खेल सकिन ६ मिनेट अघि घरेलु टोलीका जोहान्स एगेन्स्टीनले खेल २–२ मा पुर्‍याए ।

डेली अलीले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई जित नजिक पुर्‍याए । तर, ईन्जुरी समयमा लास्कका ममौदो करमोकोले गोल गर्दै टोटेनहमसंग अंक खोस्न सफल रहे ।

अब समूह विजेताको टुंगो लगाउन टोटेनहम र एन्टवर्पबीच अर्को साता खेल हुनेछ । समूहमा शीर्ष क्लब एन्टवर्पको १२ अंक छ । दोस्रो टोटेनहमको १० अंक छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ०५ बजे

चीनबाट तेस्रो चरणको राहत सामग्री र थप १० फरेन्सिक विज्ञ नेपाल आइपुगे

काठमाडौं– चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो चरण

भोटेकोशी बाढीपीडितका लागि टंक सापकोटाको ५१ लाख सहयोग

पोर्चुगल– टंक सापकोटाले ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग

नेतान्याहुलाई आफ्नै राजनीतिक आधारमा मत विभाजनको चुनौती

जेरुसेलम- अक्टोबर २७ मा हुने आमनिर्वाचनमार्फत पुनः सत्तामा फर्कने प्रयासमा रहेका

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी

संसदमै लडे सांसद खड्का

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका