कोरोनाको भ्याक्सिन विश्वव्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

कोरोनाको भ्याक्सिन विश्वव्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ : प्रधानमन्त्री ओली


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेका बेला उपलब्ध हुने कोरोनाविरूद्धको खोप विश्वव्यापी साझा सम्पत्ति हुनुपर्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सम्पूर्ण मानवता संकटमा रहेको बेला जीवन बचाउने भ्याक्सिन नाफा कमाउने माध्यम हुन नसक्ने कुरामा हामी दृढ विश्वास गर्छौं । ती सबै व्यक्ति र देशको पहुँच र क्षमता पुग्ने विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए ।

अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्‍याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे ।

कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्‍याइएको थियो ।

अहिलेको संकटले पाठ सिकाएको बताउँदै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

कोरोना महामारीबारेको विशेष सेसनमा ३७ देशका प्रमुख र ३९ जना सरकारका प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गरिरहेका छन् ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ५४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर