रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट ! « Khabarhub

रक्सी खाएर लडेको छोरालाई बोक्सी लगाएको भन्दै बुहारीमाथि कुटपिट !


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – रक्सी खाएर लडेपछि घाइते बनेको छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गढवाको टोलीले दाङ देउखुरीबाट आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गत मंसिर १५ गते दिउँसो पीडितका श्रीमान काममा गएका बेला एक्लो पारेर चौधरीले आफ्नै बुहारीलाई बोक्सीको आरोप लगाई कुटपिट गर्दा स्थानीयले छुट्टाएपछि पीडित भागेर गाउँपालिकाको कार्यालय पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चौधरीले ४ वर्ष अगाडि देखि नै आफूलाई बोक्सी भन्ने गरेको र आफ्नै जेठाजु भएकाले सहेर बसेको पीडित महिलाले बताइन्। जेठाजुको छोरा रक्सी खाएर कल्भर्टबाट लडेर घाइते भएको र उनलाई अस्पतालमा औषधि गर्नुको बदला धामीकोमा झारफूक गर्न लगेर आफूलाई बोक्सी लागि भनेर आरोप लगाएको पीडित महिलाले बताइन् ।

चौधरीलाई दाङ—देउखुरी जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु