उदयपुरको चुन ढुंगा खानीमा बम बिस्फोट « Khabarhub

उदयपुरको चुन ढुंगा खानीमा बम बिस्फोट


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा बम विष्फोट भएको छ ।

बिहिबार राति साढे १२ बजेतिर पुगेका तीन/चार जना ब्यक्तिले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चार वटा बम बिस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

कसले र किन बम विष्फोट गरायो भन्नेबारे केही पनि खुलेको छैन ।

ती व्यक्तिले खानीमा रहेका मजदुरहरुलाई गालीगलौजसमेत गरेको पाइएको दाहालले बताए ।

लगत्तै उनीहरूले विष्फोट गराएपछि मजदुरहरू आत्तिएर भागेका थिए । सोक्रममा चार जना मजदुर घाइते भएका छन् । विष्फोटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : २७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना