साइकल लेन निर्माणलाई निरन्तरता « Khabarhub

साइकल लेन निर्माणलाई निरन्तरता


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु गरेको छ ।

गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

मुकुन्देश्वरीदेखि रामकोट जोड्ने गरी साइकल लेनको काम पुनः थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

गत जेठ महिनामा शुरु गरिएको उक्त काममार्फत गाउँपालिकाले २७ जनालाई रोजगारी दिएको थियो । मङ्गलबारबाट १५ अतिविपन्न श्रमिकलाई उक्त काममा परिचालन गरिएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अतिविपन्न श्रमिकलाई माघसम्मका लागि रोजगारी दिइएको जानकारी दिए ।

साइकल लेनको विभिन्न स्थानमा साइकल पार्क, पोखरी तथा विश्रामस्थलसमेत निर्माण गरिनेछ ।

गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् ।

सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले जानकारी दिए ।

गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सःशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ ।

गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अगाडि बढाउने तयारी गरेको छ ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आवमा रु ३० लाख बजेट विनियोजन गरेको छ । बन्दीपुर गाउँपालिका–२ बाट वडा नं ३ रामकोट जोडिने उक्त साइकल लेन चार किमीको हुनेछ । साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण शुरु गरिएको हो ।

‘साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुनेछ’, गाउँपालिकाका अध्यक्ष थापाले भने ।

गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ ।

काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ ।

बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिए ।

सोहीबमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : ४२ बजे

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपाएर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै