ब्राउनसुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउनसुगरसहित दुई जना पक्राउ


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहिबार दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रहरीले थापा सवार प्र.१–०१–०१३ प २७०१ नंको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै प्रहरीले अर्जुनधारा–९ प्रणामी मन्दिर नजिकबाट मे५प ९२५६ नंको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–२ का २२ वर्षीय प्रिन्स खनाललाई ३९ ग्राम ब्राउनसगुरसहित पक्राउ गरेको छ ।

बरामद ४८.५ ग्राम ब्राउनसुगरसहित उनीहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रनाउ थापाले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : २७ बजे

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपाएर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै