लुम्बिनी प्रदेशमा ८२३ घरेलु हिंसा | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशमा ८२३ घरेलु हिंसा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८२३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८२३ घरेलु हिंसा भएको जनाएको छ ।

यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०७७/७८ को कात्तिकसम्ममा सबैभन्दा बढी बाँकेमा घरेलु हिंसा भएका छन् । बैदवारका अनुसार बाँकेमा २७२, रुपन्देहीमा १६१, कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६ घरेलु हिंसाका घटना भएका छन् ।

त्यस्तै बर्दियामा ३८, रोल्पामा ३४, अर्घाखाँचीमा ३२, गुल्मीमा २६, पाल्पामा १४, प्युठानमा १३ र रुकुमपूर्वमा चारवटा घरेलु हिंसाका घटना भएका छन् ।

उनले घरेलु हिंसा सबैभन्दा बढी कृषि क्षेत्रमा आश्रित परिवारमा हुने गरेको पाइएको बताए ।

उनका अनुसार कृषिमा आबद्ध परिवारका ४७७,  गृहिणी २६८, ज्यामी २७, विद्यार्थी नौ, बेरोजगार १३, व्यापारी २०, कर्मचारी आठ र वैदेशिक रोजगारी एक जना छन् ।

बैदवारले हिंसापीडित हुनेमा ७३६ महिला र ८७ पुरुष रहेको जानकारी दिए । सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरमा हिंसा भएको पाइएको छ ।

सोह्रदेखि ३५ वर्षका ३७६, १६ देखि २५ वर्षसम्मका २२५, ३६ देखि ४५ वर्षसम्मका २०५, ४६ देखि ६० वर्षसम्मका १२३ हिंसापीडित बनेका छन् । महिला हिंसामा २४९ महिला र ६९६ पुरुष अभियुक्त छन् ।

सबैभन्दा धेरै जबर्जस्ती करणीका १५५, जबर्जस्ती करणी उद्योगका ५१, बहुविवाहका ४४, बालविवाहका चार, बोक्सीको आरोपमा छ, जातीय छुवाछूतका तीन, अप्राकृतिक मैथुन तीन, बाल यौन दुराचारका १०, अवैध गर्भपतनका दुई, मानव बेचविखनका छ र घरेलु हिंसा मुद्दा दर्ता एउटा दर्ता भएका छन् ।

लुम्बिनी प्रदेश मातहतका १२ जिल्ला र ५३ इलाका प्रहरी कार्यालय गरी जम्मा ६५ प्रहरी एकाइबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

चालकसँग कुराकानी अभियान

यस्तै प्रदेश प्रहरी कार्यालयले चालकसँग कुराकानी अभियान पनि शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ वटै जिल्लामा सो कार्यक्रम सञ्चालन गरेको हो । मङ्सिर १४ गतेदेखि सो अभियान शुरु भएको वरिष्ठ प्रहरी उपरीक्षक बैदवारले बताए ।

चालकलाई प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको जाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभरलोड, ओभरस्पिड, मादक पदार्थ सेवन जाँच गर्ने काम पनि भइरहेको छ । यो अभियान १५ दिनसम्म चल्ने छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : ३३ बजे

नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

पर्सा– नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको

बेवारिसे सवारिसाधन हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज– वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारिसाधन तथा

राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ