उदयपुरको चुनढुंगा खानीमा विष्फोट, ५ घाइते « Khabarhub

उदयपुरको चुनढुंगा खानीमा विष्फोट, ५ घाइते


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ ।

अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर ५ जना खानीमा काम गर्ने मजदुर घाइते भएका छन । उनीहरुको अवस्था सामान्य छ ।

बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गाबहादुर तामांग, बिष्णुबहादुर मगर, शिवशंकर मोक्तांन, सागर मोक्तांन र नवीन मगर घाईते भएका छन । घाईते कटारीमा अस्पालमा उपचार भएको प्रहरीले जनाएको छ ।

यस्तै बम विस्फोटले एउटा स्काईभेटर र एक वटा मोटरसाईकलमा क्षति पुगेको प्रहरी ले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जानकारी दिए ।

बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यसअघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।

बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा विस्फोट नेपाली सेनाले डिस्पोज गराएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : ३६ बजे

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपाएर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै

म प्रसन्न नै छु, विचलित वा उद्वेलित छैन : सिके राउत

काठमाडौं – निर्वाचन परिणाम सार्वजनिक भएपछिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत

सुशासनको एजेण्डामा रास्वपासँग सहकार्य गर्न तयार छौं : वर्षमान

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट नेकपा एमालेका क्षितिज

भोजपुरमा माटोका ध्रुव राई बलियो, शेरधन निरन्तर पछाडि

काठमाडौं – भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले अग्रता कायमै