कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन एकैसाथ खोप लगाउँदै तीन अमेरिकी पूर्वराष्ट्रपति « Khabarhub

कोरोनाबाट सुरक्षित रहेको सन्देश दिन एकैसाथ खोप लगाउँदै तीन अमेरिकी पूर्वराष्ट्रपति


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)बाट सुरक्षित रहेको सन्देश प्रवाह गर्न तीन अमेरिकी पूर्वराष्ट्रपति जुटेका छन् । उनीहरुले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

पूर्वराष्ट्रपतिहरु जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र बाराक ओबामाले एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने भएका हुन् । अमेरिकी समाचार संस्थाहरुका अनुसार उनीहरुले टेसलिभिजनमा प्रत्यक्ष प्रसारणसहित खोप लगाउनेछन् ।

बेलायतले खोप प्रयोगको अनुमति दिइसकेको अवस्थामा अमेरिकामा पनि खोप स्वीकृत हुने चरणमा रहेको छ । अमेरिकी नियामक निकायले स्वीकृति दिएको अवस्थामा खोपमाथिको विश्वास कायम गर्नका लागि तीन पूर्वराष्ट्रपतिले लगाउने भएका हुन् ।

यसअघिनै राष्ट्रपतिको निर्वाचनमा निर्वाचित भएर ह्वाइट हाउस प्रवेशका लागि पर्खिरहेका वाइडेन र ह्यारिसले खोप लगाउने बताइसकेका छन् । तर, निर्वाचनमा पराजय भोगेका वर्तमान राष्ट्रपति ट्रम्पले भने खोपका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । एजेन्सी

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १ : २४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर