अनमोल र उपासनाको फिल्म ‘क्याप्टेन’ युट्युबमा (फिल्मसहित) « Khabarhub

अनमोल र उपासनाको फिल्म ‘क्याप्टेन’ युट्युबमा (फिल्मसहित)


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनमोल केसी र उपासना सिंह ठकुरी स्टारर फिल्म ‘क्याप्टेन’ युट्युमा रिलिज गरिएको छ । दुई वर्षअघि हलमा रिलिज हुँदा मिश्रित प्रतिक्रिया पाएको यो फिल्म युट्युबमा आज रिलिज गरिएको हो ।

हाइप बनाए पनि फिल्मले हल प्रदर्शनका क्रममा औसत व्यवसाय गरेको थियो । समीक्षा पनि सन्तोषजनक प्राप्त गरेको थियो । यसै फिल्मबाट डेब्यु गरेकी उपासना सिंह ठकुरी फिल्म क्षेत्रमा चम्किएकी छिन् ।

अनमोल र उपासनाका अलावा फिल्ममा सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, राजाराम पौडेल लगायतको अभिनय छ ।

एक फुटबल खेलाडीको कथा समेटिएको फिल्मले कमजोर भीएफएक्स र खराब प्रस्तुतिका कारण नकारात्मक प्रतिक्रिया कमाएको थियो ।

भुवन केसीले निर्माण गरेको यो फिल्ममा दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : १८ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,