नेपाली संगीतमा नारायण गोपालको योगदान अतुलनीय : राज्यमन्त्री मानन्धर | Khabarhub Khabarhub

नेपाली संगीतमा नारायण गोपालको योगदान अतुलनीय : राज्यमन्त्री मानन्धर


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपाली सांगीतिक क्षेत्रमा स्वर सम्राट नारायण गोपालको योगदान अतुलनीय रहेको बताएका छन् ।

नारायण गोपालको ३०औं स्मृति दिवसका अवसरमा बालाजु अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले नेपाली गीत संगीतको क्षेत्रमा नारायण गोपालको योगदान युगौं युगसम्म रहि रहने बताए ।

मन्त्री मानन्धरले नेपाली सुगम संगीतको विकासमा नारायण गोपालको योगदानको कसैसँग तुलना हुन नसक्ने बताए ।

सरकारले कला, साहित्य तथा गीतसंगीत र संस्कृतिको संरक्षणका लागि आवश्यक काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले गीतसंगीत क्षेत्रको विकासका लागि आफूले पनि भूमिका खेल्ने बताए ।

आज प्रविधिसँगै साँगीतिक क्षेत्रमा पनि परिवर्तन आएको बताउँदै मन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमममा नारायण गोपालको अन्तिम गीत ‘विरही माया’ का संगीतकार भूपेन्द्र रायमाझीले नेपालको आधुनिक गीतसंगीतमा नारायण गोपालको विकल्प कोही नभएको बताए ।

कार्यक्रममा मन्त्री मानन्धर, संगीतकार भुपेन्द्र रायमाझी लगायत कलाकारले स्वर्गीय नारायण गोपालका कालजयी गीत गाएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ८ : ५५ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला