के हो सतुवा ? यस्ता हुन्छन् औषधीय गुण « Khabarhub

के हो सतुवा ? यस्ता हुन्छन् औषधीय गुण


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सतुवा के हो भन्ने विषयमा धेरैलाई जानकारी नहुन सक्छ । यो दुर्लभ जडिबुटी विभिन्न रोगहरुको औषधिका रुपमा प्रयोयो गरिन्छ । गाउँघरमा यसलाई औषधिको पनि औषधि भनिन्छ ।

सतुवा नेपालको महाभारत तथा हिमाली क्षेत्रमा करिव १५०० मिटको उचाईदेखि ३५०० मिटरको उचाईसम्म पाइन्छ । खासगरी गोब्रे सल्ला, खस्र्रु आदि रुखहरु भएको जंगलमा सतुवा पाइन्छ ।

ओसिलो जमिन भएको ठाउँमा उम्रिने यो जडिबुटीको विरुवा औसतमा आधा मिटर उचाइको हुन्छ भने विरुवाको माथिल्लो भागमा सातवटा पातहरु एउटै छत्र बनाइ बसेका हुन्छन् । यो बोटको काण्ड औषधिका लागि निकै उपयोगी मानिन्छ । आयुर्वेदिक औषधिमा यो निकै उपयोगी र लाभदायक मानिन्छ ।

सतुवाको औषधीय गुण

गाउँघरमा सतुवालाई धरै रोगहरुको औषधिका रुपमा प्रयोग गरिन्छ । पेट दुखेमा सतुवा खाँदा निकै फाइदाजनक हुन्छ । पाकेको घाउमा सतुवाको लेप बनाइ लगाउँछ चाँडो निको हुन्छ ।

वान्ता भएमा पखाला चलेमा, विष सेवन गरेका मानिसहरुलाई सतुवा खुवाउँदा निको हुन्छ । धतुरो र रक्सीको नसा हटाउन पनि सतुवा निकै उपयोगी मानिन्छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : १० बजे

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार