इरानमाथि शक्तिशाली हमला हुने ट्रम्पको चेतावनी « Khabarhub

इरानमाथि शक्तिशाली हमला हुने ट्रम्पको चेतावनी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि शक्तिशाली हमला गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पको यस्तो चेतावनी आएको हो । राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानका ५२ स्थानमा ‘निशाना’ बनाइरहेको दाबी गरेका छन् । इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि हमला गरे, उसमाथि ‘तीव्र र शक्तिशाली’ हमला गर्ने पनि चेतावनी दिएका छन् ।

इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पको यस्तो बयान आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानीको मृत्यु भएको थियो । यस घटनापछि ईरानले सही समय र सही स्थानमा यसको बदला लिने धम्की दिएको थियो ।

ट्रम्पको ट्वीट हेर्नुहोस्

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘ईरान अमेरिकी सम्पत्तिमाथि निशाना बनाउने भनेर ठूलो सहास लिएर बोल्दैछ ।’

उनले इरानका लागि ‘निकै महत्त्वपूर्ण र उसको संस्कृतिका लागि अहम’ रहेका ५२ स्थानमा अमेरिकाले निशाना बनाइरहेको दाबी गरे । ‘यदी ईरानले अमेरिकामाथि हमला गर्‍यो भने निकै चाँडो र शक्तिशाली हमला गरिनेछ,’ उनले भनेका छन् ।

‘अमेरिका थप धम्की चाहँदैन,’ ट्रम्पले भनेका छन् । उनका अनुसार ५२ लक्ष्यले ती ५२ अमेरिकीहरुको प्रतिनिधित्व गर्छ जसलाई सन् १९७९ मा ईरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ५६ बजे

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको