इरानमाथि शक्तिशाली हमला हुने ट्रम्पको चेतावनी « Khabarhub

इरानमाथि शक्तिशाली हमला हुने ट्रम्पको चेतावनी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि शक्तिशाली हमला गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पको यस्तो चेतावनी आएको हो । राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानका ५२ स्थानमा ‘निशाना’ बनाइरहेको दाबी गरेका छन् । इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि हमला गरे, उसमाथि ‘तीव्र र शक्तिशाली’ हमला गर्ने पनि चेतावनी दिएका छन् ।

इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पको यस्तो बयान आएको हो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानीको मृत्यु भएको थियो । यस घटनापछि ईरानले सही समय र सही स्थानमा यसको बदला लिने धम्की दिएको थियो ।

ट्रम्पको ट्वीट हेर्नुहोस्

ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘ईरान अमेरिकी सम्पत्तिमाथि निशाना बनाउने भनेर ठूलो सहास लिएर बोल्दैछ ।’

उनले इरानका लागि ‘निकै महत्त्वपूर्ण र उसको संस्कृतिका लागि अहम’ रहेका ५२ स्थानमा अमेरिकाले निशाना बनाइरहेको दाबी गरे । ‘यदी ईरानले अमेरिकामाथि हमला गर्‍यो भने निकै चाँडो र शक्तिशाली हमला गरिनेछ,’ उनले भनेका छन् ।

‘अमेरिका थप धम्की चाहँदैन,’ ट्रम्पले भनेका छन् । उनका अनुसार ५२ लक्ष्यले ती ५२ अमेरिकीहरुको प्रतिनिधित्व गर्छ जसलाई सन् १९७९ मा ईरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ९ : ५६ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण