यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित « Khabarhub

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ । गएराति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई ४–१ गोलले हराएको हो ।

बेल्जियमका लागि माइकल ओलिसेले दुई तथा डेजिरे डुए र रायन चर्कीले एक–एक गोल गरेका । बेल्जियमका डोडी लुकेबाकियोले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल बेल्जियमले गरेको भए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको ३५औँ मिनेटमा बेल्जियमका डोडीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा लगातार चार गोल गर्दै फ्रान्सले पुनरागम जित निकाल्यो । खेलको ७७औँ मिनेटमा डुए, ८१औँ मिनेटमा चर्की तथा ८८औँ र इन्जुरी समयमा ओलिसेले गोल गरेसँग फ्रान्स ४–१ गोलले विजयी भयो ।

यो जितसँगै चार खेलबाट फ्रान्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित भएको बेल्जियम समान खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ६ : ५४ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ