इरानका ५२ वटा स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी « Khabarhub

इरानका ५२ वटा स्थानलाई ध्वस्त बनाइदिने ट्रम्पको चेतावनी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन् ।

इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानी शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा इराकको बग्दादमा मारिएपछि ट्रम्पको त्यस्तो भनाइ सार्वजनिक भएको हो ।

इरानले सुलेमानीको मृत्युको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।

शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए । त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए।

ग्रीन जोनमा अमेरिकी दूतवासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो । अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो।

तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन् । ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ ।

ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले “इरानका ५२ वटा स्थानलाई निसाना बनाउने” र त्यो “धेरै छिटो र धेरै कडा” हुने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन्।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ४७ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र